गजल
खास जिन्दगी यसरी बुझिने रहेछ। सफरमा धूलोले पनि रङ्गिने रहेछ। प्रेम गर्नुभयो टुट्यो केही नलेख्नुस्, अब त बस् "आँसु" लेखिने रहेछ। सायद पानी जस्तो बन्नु त ठिकै हो, रङ्ग भरिएपछि पानी बद्लिने रहेछ। जन्मिएपछि मर्नुपर्छ सम्झौता गरियो, मरेपछि सबै सम्झौता सकिने रहेछ।