गजल

खास जिन्दगी यसरी बुझिने रहेछ।
सफरमा धूलोले पनि रङ्गिने रहेछ।

प्रेम गर्नुभयो टुट्यो केही नलेख्नुस्,
अब त बस् "आँसु" लेखिने रहेछ।

सायद पानी जस्तो बन्नु त ठिकै हो,
रङ्ग भरिएपछि पानी बद्लिने रहेछ।

जन्मिएपछि मर्नुपर्छ सम्झौता गरियो,
मरेपछि सबै सम्झौता सकिने रहेछ।

Comments

Popular posts from this blog

बराहक्षेत्रको इतिहास जो तपाईंलाई थाहा छ?

भरीभराउ तालतलैया

शंकरबेली तालमा भए मान्छे मोहित,घुउचो लाग्छ मान्छेको