Posts

Showing posts from January, 2021

भरीभराउ तालतलैया

Image
तालतलैया मनोरम पर्यटकीय ठाउँहरुमध्येमा पर्छ । इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि पुगिने तालतलैयामा विदेशी र स्वदेशी कलाकारले निर्माण गरेका ढुंगाका आकर्षक मूर्ति भेटिन्छन ।   ढुंगाका मूर्तिबाहेक तालतलैया आफैमा एक प्राकृतिक मनोरम ठाउँ हो । यहाँ चिडिया घर, वन भोज स्थलका मनोरम स्थल छन् । यहाँ पिङ, चर्खेपिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जंगली जनावर समेत राखिएको छ ।  यहाँ भएका मृग, बाह्रसिंगे, अस्ट्रिज, अजिंगर, चरीबाघ, विभिन्न प्रजातीका मुसा, स्याल ,मयुर, बादरलगायतलाई हेर्नका लागि विशेषगरि शैक्षिक संस्था विदा र शनिबारका दिन विद्यार्थीको जमघट हुने गर्छ ।

बराहक्षेत्रको इतिहास जो तपाईंलाई थाहा छ?

Image
 वराहक्षेत्र सुनसरी जिल्लामा अवस्थित नेपालकै सर्वाधिक प्रख्यात तीर्थस्थल हो । ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको छ । यो स्थान नेपालको सबैभन्दा पुरानो देवस्थल हो । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजा गरिन्छ । मन्दिर सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ । वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो । वि.सं. १९९० सालको भूकम्पबाट मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्ध शमशेरले पुनर्निर्माण गराएका थिए । वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका नौँ वटा मन्दिर र थुप्रै धर्मशाला रहेका छन् । आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू छन् । पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्वपूर्ण छ । वराहक्षेत्र वरपरका छौगा, धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरूले समेत पर्यटनको विकासको संभ

शंकरबेली तालमा भए मान्छे मोहित,घुउचो लाग्छ मान्छेको

Image
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ मा रहेको शंकरबेली ताल पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको शंकरबेली प्राकृतिक रुपमा हराभरा रहेको छ ।   शंकरबेली वन उपभोक्ता समूहले संरक्षण गरेको ताल बनभोज खाने, प्राकृतिक मनोरञ्जनका लागि पर्यटकिय स्थलको रुपमा विकास हुँदै गएको छ  Report by Routine of itahari banda, Photo credit: Guffshop,Prayas photography and The photo garage❤️

महाविर पुन आखिर को हुन ? कहाँ हुन उनको जिवनी

 महाबिर पुनको जन्म नेपालको माग्दी जिल्लाको नाङी भन्ने ठाँउमा भएको थियो।उनि एक गरिब परिवारमा जन्मिएका थिए।उनको बुवा होर्खा आर्मीमा काम गर्थे भने आमा घरको काम गर्थिन।उनको जिवन विकट ठाउँमा समान्य हिसावले बितेको थियो।उनले पढ्ने स्कुलमा न किताब हुन्थे न लेख्नलाई कापी कलम नै।सानोमा उनि पढ्न साथ साथै भेडा चराउने र घरको काममा सहयोग गर्ने गर्थे।उनको बाबा जब आर्मीबाट रिटाएर भएर आउनु भयो। आफ्नो छोराको अवस्था देखेर पढाईको महत्व बुझेर होला पुनलाई राम्रो स्कुल पढाउनको निमित्त बसाई सर्ने निणर्य गर्नुभयो।उनका बुवाको आफ्नो कमाई सबै आफ्ना छोरा माथी लगानी गर्नुभयो।पुनले पनि राम्रो सँग पढेर हाइ स्कुलको पढाई सक्नु भयो र १२ बर्ष एक शिक्षकको रुपमा काम गर्नु भयो।नेपालको शिक्षक जागिरले भाई बहिनिको उच्च शिक्षाको लागी पर्याप्त नभएकोले उनले बेलायत (Uk) गएर पढाई सँगसँगै केहि पैसा कमाउने उद्देश्य बनाउनु भयो।1988 मा बेलायतको युनिभर्सिटी अफ नेब्रस्का पढ्ने अवसर पाउनु भयो।र उक्त युनिभर्सिटीबाट 1996 बिज्ञान बिषयमा डिग्री लिनु भयो। आज नेपालमा धेरै जसो मान्छे कसरी बिदेशमा आफ्नो भविष्य बनाउने भन्ने अवसर खोजीरहेका हुन्